थप ७ जनामा कोरोना भाइरस संक्रमण, संक्रमित १०९ पुगे

दियो पोस्ट  

काठमाडौ, २७ वैशाख । नेपालमा कोरोना भाइरस कोभिड १९ को संक्रमित फेरी थपिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो जानकारी अनुसार थप ७ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीका अनुसार थप सात जनामा कोभिड १९ पोेजिटिभ देखिएको हो ।
उनका अनुसार उदयपुरको भुल्के निवासी महिला र कपिलबस्तु निवासी ३ जना पुरुषमा कोरोना देखिएको हो ।

This image has an empty alt attribute; its file name is coron.jpg


उदयपुर भुल्केका १८, ४५ र ६५ वर्षका महिलामा कोरोना देखिएको छ । कपिलवस्तुका एक १७ वर्षका पुुरुष र १८ वर्षका २ जना पुरुषमा कोरोना देखिएको हो । त्यस्तै पर्सा छपकैया निवासी ६२ वर्षका पुुरुषमा पनि कोरोना देखिएको छ । काठमाडौंको टेकुस्तित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र कोशि अञ्चल अस्पताल बिराटनगरमा उनीहरुको पिसिआर परिक्षण भएको थियो । उनीहरुको अवस्था सामान्य छ ।