अभिभावक संघले भन्यो,‘अनलाइन कक्षाको नाममा विद्यार्थी र अभिभावकमाथि विभेद भयो’

अभिभावक संघले भन्यो,‘अनलाइन कक्षाको नाममा विद्यार्थी र अभिभावकमाथि विभेद भयो’

काठमाडौं, २८ वैशाख । अभिभावक संघ नेपालले नीजि विद्यालयहरुले अनलाइन कक्षाको नाममा कक्षा सञ्चालन गर्दा देशमा फेरी अर्को वर्गिय खाडल उत्पन्न भइरहेको बताएको छ ।


संघका केन्द्रीय अध्यक्ष केशव पुरीद्वारा जारी गरिएको विज्ञप्तिमा कोरोना भाइरस संक्रमणको संभावित महामारी नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनको समयमा केही विद्यालयहरुले अनलाइन कक्षाको नाममा शुल्क असुल्न थालेको समेत खुलाशा गरिएको छ ।


संघले सरकार समक्ष १० बुँदे ध्यानाकर्ष पत्र प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेको छ ।

बन्दा बन्दीको समयमा सरकारले विद्यार्थीको स्वास्थ्यमा ध्यानदिनु पर्ने भएका कारण सरकारले भर्ना अभियान, अनलाइन शुल्क अशुली लगायत कार्यहरु रोक्नुपर्ने उनीहरुको माग छ ।

त्यस्तै स्थानिय तह, प्रदेश र संघीय सरकारले विद्यार्थी भर्ना, कक्षा सञ्चालन अनलाइन कक्षा लगायत विषयमा फरक फरक निर्णय गरेर विद्यार्थी र अभिभावकमा अन्यौलता श्रजना गरेको संघले बताएको छ ।


शैक्षिक गतिविधिहरु एकद्वार प्रणालीबाट सम्प्रेषण गर्न समेत माग गरेको छ । यस्तो छ अभिभावक संघको विज्ञप्ति :

Trending News