कोरोना संक्रमित फेरी थपिए, कपिलवस्तुको यशोधारा र बुद्धभूमि नगरपालिकामा १० जना संक्रमित,

दियोपोस्ट संवाददाता

काठमाडौं, २९ वैशाख । कोरोना भाइरस कोभिड १९ को संक्रमित संख्या फेरी बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीका अनुसार कपिलवस्तु जिल्लाको विभिन्न स्थानमा १० जना व्यक्तिमा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको हो ।
राजधानीको टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको पिसिआर परिक्षणमा कोरोना पोजिटिभ देखिएको हो । कपिलवस्तु जिल्लाको यशोधारा गाउँपालिका ५ र बुद्धभूमि गाउँपपालिका वडा नम्बर ७ र १० निवासी १८ वर्षका एक जना पुरुष, १९ वर्षका एक जना, २० वर्षका २ जना, २४ वर्षका एक जना, ३० वर्षका एक जना, ३१ वर्षका एक जना र ३४ वर्षका २ जना पुरुषमा कोरोना पोजिटिभ देखिएको हो । त्यस्तै एक जना पुरुषको भने उमेर खुलेको छैन । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता अधिकारीले जनाएका छन् ।

सम्बन्धित खबर