
काठमाडौँ, ३० वैशाख । नेकपा सांसद पदम गिरीले नेपाल भारत सिमामा पर्खाल लगाए सबै पारिश्रमिक दिने घोषणा गरेका छन् । मंगलबार बसिरहेको प्रतिनिधि सभाको बैठकको शुन्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।
सीमा विवाद समाधानका लागि भारत तयार नभएमा नेपालले यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने समेत उनले बताए ।
‘सीमामा पर्खाल लगाउनका लागि सरकार अगाडि बढोस् । त्यसका लागि नेपालीले छाक काटेर सरकारलाई दिन तयार छन्,’ सांसद गिरीले भने,‘म पनि सांसदबापत प्राप्त हुने पारिश्रमिक सबै दिन तयार छु, ।’
सांसद गिरीले भारतले नेपाली सीमा नजिकै नक्कली तिलौराकोट निर्माण गरेर विश्वलाई भ्रममा राखेको पनि बताए । त्यस्तै सीमामा बाँध बाँधेर नेपाललाई ड्बानमा पार्ने गरेकाले यो समस्या छिटो समाधान गर्नुपर्ने उनको सुझाव थियो । नेपालले पर्खाल लगाएर सीमा सुरक्षा गर्नुपर्ने बताए ।