एकैसाथ ५७ जना कोरोना संक्रमित थपिए, कपिलवस्तु, रुपन्देही, पर्सा र बारामा संक्रमण

दियो पोस्ट  

काठमाडौं, ३० वैशाख । कोराना भाइरस कोभिड १९ बाट एकैसाथ ५७ जना संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका सह प्रवक्ता समिर कुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको प्रयोगशालामा एकै साथ ५७ जना संक्रमित भएको पाइएको हो । जस मध्ये कपिलबस्तुका ८ जना, रुपन्देहीका ९ जना र पर्साका ३९ जना र बाराका १ जना रहेका छन् । मन्त्रालयका अनुसार उनीहरुको अवस्था सामान्य छ । योसँगै नेपालमा हालसम्म कुल १ सय ९१ जना संक्रमित बनेका छन् ।