नेपालमा कोरोना संक्रमित बढेको बेला भारतमा रहेका नेपालीलाई नेपाल फर्काउन मुख्यमन्त्रीको निर्देशन

दियोपोस्ट संवाददाता

काठमाडौं, ३० वैशाख । मंगलबार नेपालमा ५७ जना एकै साथ कोरोना संक्रमित थपिएपछि कुल १ सय ९१ जना पुगेको छ । यो संगै आम मानिसमा कोरोना भाइरसको त्रास बढिरहेको छ । सरकारले संभावित महामारीलाई रोक्न भन्दै नागरिकलाई घरबाहिर निष्कन प्रतिबन्ध लगाएको पनि ५० दिन बितिसकेको छ ।

यसबीच मंगलबार सार्वजनिक भएको कोरोना संक्रमितहरु ५७ जना भारतबाटै नेपाल आएको समेत प्रारम्भिक खुलाशा भएको छ । भारतबाट नेपालमा आउन सरकारले प्रतिबन्ध गरेपनि उत्तर प्रदेश सरकारका मुख्य मन्त्रीले भने भारतमा रहेका नेपाललाई नेपाल पठाउने घोषणा नै गरेका छन् ।


उत्तर प्रदेश सरकारका मुख्य मन्त्री योगी आदित्यनाथले उत्तर प्रदेशमा रहेका नेपालीलाई नेपाल फर्काउने प्रबन्ध गरिरहेको जानकारी आफ्नो आधिकारीक ट्वीट मार्फत दिएका छन् । साथै उत्तर प्रदेशमै रहेका नेपालीलाई सोही ठाउँमा रहने व्यवस्था गर्न समेत उनले निर्देशन दिएका छन् ।

सम्बन्धित खबर