काठमाडौं जाने पास खारेज भएपछि पूर्वराजा ज्ञानेन्द्र शाह झापामै अलपत्र !

दियोपोस्ट संवाददाता

काठमाडौं, १ जेठ । झापामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाह काठमाडौं जाने पास नभएपछि अलपत्र परेका छन् ।

झापा जिल्ला प्रशासनले पास व्यवस्था गर्नका लागि गृहमन्त्रालयसँग अनुमति मागेको छ ।

शाहले आफू काठमाडौं जान पाउनुुपर्ने भन्दै पास उपलब्ध गराइदिन निवेदन दिएका थिए । जिल्ला प्रशासन कार्यालयले पास जारी गरेपनि गृहमन्त्रालयले प्रक्रिया नपुगेको भन्दै पास खारेज गरेको थियो ।


गृहमन्त्रालयको नयाँ व्यवस्था अनुसार आफू के कामका लागि जाने हो कारण खुलाउनुपर्ने छ ।

सम्बन्धित खबर