काठमाडौं, २ जेठ । चौतर्फी विरोधपछि गृहमन्त्रालयले पूर्व राजा ज्ञानेन्द्र शाह र रानी कोमल शाहलाई सवारी पास उपलब्ध गराएको छ ।
बिहीबार सवारी पास जारी गरिएको केही घण्टामै गृहमन्त्रालयको निर्देशनमा झापाका प्रमुख जिल्ला अधिकारीले उक्त पास रद्ध गरेका थिए । सामाजिक सञ्जालमा चौतर्फी विरोध भएको थियो ।

बिहिबार अवेर राती नै उपलब्ध गराइएको सवारी पासमा ६ वटा गाडी नम्बर उल्लेख छ ।
उनीसहित उनको सुरक्षा टोलीले समेत सवारी पास पाएका छन् ।
पूर्व राजपरिवार विगत २ महिनाअघि देखि झापाको दमक स्थित हिमालयन महालक्ष्मी टि गार्डेनमा बसिरहेका थिए ।
उनीहरु आज विपी राजमार्ग हुँदै काठमाडौं फर्किरहेका छन् ।