काठमाडौं प्रवेश गर्ने प्रमुख नाका नागढुङगा रहेको चन्द्रागिरी नगरपालिका नै शिल !

दियो पोस्ट  

काठमाडौं, २ जेठ । राजधानी काठमाडौं प्रवेश गर्ने प्रमुख नाका नागढुङ्गा रहेको चन्द्रागिरी नगरपालिका ५ दिनका लागि शिल गर्ने निर्णय भएको छ ।


चन्द्रागिरी नगरपालिकाले आफ्नो नगरपालिकामा पनि कोरोना भाइरस कोभिड १९ को संक्रमण बढिरहेको पाएपछि शिल गर्ने निर्णय गरेको हो ।

भोली जेठ ३ गते १२ बजेदेखि जेठ ७ गते विहान ६ बजेसम्म चन्द्रागिरी नगरपालिकालाई नै शिल गर्ने निर्णय भएको हो । यो अवधिमा चन्द्रागिरी भित्र रहेका औषधी पसल र स्वास्थ्य सेवा प्रदायक संस्था बाहेक कुनै पनि कार्यालय खोल्न पूर्ण प्रतिबन्ध लगाउने निर्णय नगरपालिकाले गरेको छ ।


त्यस्तै अर्को सुचना जारी नभएसम्म चन्द्रागिरी नगरापलिकामा रहेका घरधनीहरुले बाहिरबाट आएका कसैलाई आफ्नो घर प्रवेश गर्न नदिने निर्णय भएको छ । लुकिछिपी कोही बसेको भए आरडिटी र पिसिआर रिपोर्ट परिक्षणका आधारमा मात्रै बस्न दिने निर्णय नगरपालिकाले गरेको छ ।

सिफारिस