सशस्त्रका ‘एआइजी पुष्पराम केसीले सिमाका गोप्य कागजात भारतीय जासुसलाई बुझाएको’ खुलाशा !

सशस्त्रका ‘एआइजी पुष्पराम केसीले सिमाका गोप्य कागजात भारतीय जासुसलाई बुझाएको’ खुलाशा !

दियोपोष्ट संवाददाता,


काठमाडौं, ४ जेठ । केही महिना अघि मात्रै नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायत भूमि समेटेर राजनीतिक नक्सा जारी गर्यो । नेपाल सरकारले पनि राजनीतिक नक्सा जारी गर्ने भन्दै भाषणबाजी गरिरहेको छ । तर, भाषणबाजीकै बीच लिपुलेकमा भारतीय सेनाले सडक मार्ग नै निर्माण गरिदियो । भारतीय रक्षामन्त्री राजनाथ सिंहले ट्वीट मार्फत जानकारी दिएपछि नेपालको खुफिया एजेन्सीदेखि सञ्चार माध्यमले जानकारी पाए ।


तर, सरकार त्यतिबेलासम्म पनि आफूलाई आधिकारीक जानकारी नभएको भान गरिरहेको थियो । शुक्रबार मात्रै पनि राष्ट्रपति विद्यादेवि भण्डारीले संघीय संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित भारतले मिचेका सम्पूर्ण भूमि समेटेर नयाँ नक्सा जारी गर्ने बताइन् ।


२०५७ सालमा माओवादी युद्धलाई निस्तेज पार्न भन्दै तत्कालीन सरकारले अर्ध शैन्य बलको रुपमा सशस्त्र प्रहरी बलको स्थापना गरेको थियो । शान्तिप्रक्रियापछि अर्थात् ०६३ फागुनपछि सशस्त्रलाई सीमा सुरक्षाको जिम्मा सरकारले दिएसँगै विओपी खडा गरी सीमा नाकामा खटिएको छ ।


सशस्त्र प्रहरीको कार्यशाला विभागले सीमाबारे सम्पूर्ण दस्तावेजहरु राख्नुका साथै अध्ययन अनुसन्धान पनि गर्ने गर्छ । त्यही कार्यशाला विभागको प्रमुख थिए सशस्त्र प्रहरीका एआइजी पुष्पराम केसी । उनी त्यस विभागको प्रमुख भएर काम गरेदेखि नै अनधिकृतरुपमा विदेशीहरुसँग भेटघाट गर्ने र सीमाबारेका गोप्य सूचनाहरु चुहाउने गर्दै आएको गृहमन्त्रालय स्रोतले जनाएको छ ।

राजधानीको एक रेष्टुरेन्टमा भारतीय खुफिया एजेन्सी र नेपालका दलालसँग वार्ता गर्दै गरेको अवस्थामा सशस्त्र प्रहरीका एआइजी केसी ः दायाँबाट क्रमश नेपाली एजेन्ट नारायण अधिकारी, बीचमा भारतीय खुफिया एजेन्सीका प्रतिनिधि र सेतो सर्ट र कालो कोटमा सजिएका एआइजी केसी ।


‘उनी त्यहाँ हुँदा नै नेपालको सीमानाका बारेका सक्कली प्रमाणहरु दुरुपयोग गरेको भन्दै उनलाई कार्यशाला विभागको प्रमुखबाट हटाएर मातातिर्थमा रहेको सशस्त्र एकेडेमीमा सरुवा गरिएको हो,’ गृह स्रोतले भन्यो,’उनी अझै पनि भारतीय गुप्तचरका टीमसँग गोप्यरुपमा राजधानीका विभिन्न होटलमा भेटघाट गर्दै आएका छन् ।

उनको अनधिकृतरुपमा विषेशगरी भारतीय गुप्तचर निकायका मानिसहरुसँग भेटघाट बाक्लिन थालेपछि अनुसन्धान भइरहको छ । हामी अन्तिम निष्कर्ष नजिक पुगेका छाँै ।’


सशस्त्रका आइजी विरुद्ध मिडियाबाजी गर्थे केसी !


केही महिनाअघि केही व्यक्ति प्रयोग गरेर केसीले सशस्त्र प्रहरीका महानिरिक्षक शैलेन्द्र खनाल विरुद्ध व्यापक प्रचारबाजी गराए । केसीले सशस्त्र हेडक्वाटरकै एक व्यक्तिलाई आइजि विरुद्ध खटाएका थिए । ती व्यक्ति विभिन्न सञ्चारमाध्यममा पुगेर आइजी खनालका कर्तुत टिपाउँथे । यतिबेला भने परिस्थिति फरक छ ।

भूमि अतिक्रमणको विषय देशकै टाउँको दुखाइको विषय बनिरहेका बेला एआइजी केसी भने सशस्त्रको प्रमुख बन्नका लागि अनेक तिकडमबाजी रच्नुका साथै शक्ति केन्द्र पनि धाउने गरेका छन् । हालका गृहसचिव महेश्वर न्यौपाने पनि उनलाई काखी च्याप्ने गरेका छन् । यसै मौकामा एआइजी केसी सशस्त्रको प्रमुख बन्नका लागि अनेक हथकण्डा रचिरहेका छन् ।

अहिले पेचिलो बनिरहेको सीमा विावदबारे जतिसक्दो धेरै प्रमाणहरु जुटाएर देश र जनताको पक्षमा काम गर्नुपर्नेमा उनले आफ्नो व्यक्तिगत स्वार्थका लागि संगठनका गोपनीयतासमेत धरापमा पारी राष्ट्रघात गरेको गृह स्रोत बताउँछ । स्रोत भन्छ,’पदको लागि संगठनमाथि घात गर्न सक्ने व्यक्तिले भोलिका दिनमा संगठन कुन प्रमुख बने के गर्ला यो निक्कै सोचनीय पक्ष हो ।’


गृहस्रोतको दाबी छ,‘सीमा विवादको जल्दोबल्दो समस्यालाई नजरअन्दाज गरी केही आफू निकटका सांसद आफू भएकाले त्यसैको आडमा पदीय दायित्वको बेवास्ता गर्दै रातारात स्वदेशी तथा विदेशी गुप्तचर र संस्थाका एजेन्टहरुसँगको भेटघाटमा व्यस्त छन् । हामीले बलियो प्रमाणहरु पनि जुटाइसकेका छौँ ।’


केसीले सशस्त्र प्रहरीको गोप्य तथा संदेनशिल सांगठनिक कागजपत्रहरु राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय एजेन्टहरुलाई प्रवाह गर्ने गरेको स्रोतले जनाएको छ ।


केसीले राजधानीमा रहेको दरबारमार्ग स्थित लेन्डमार्क होटेल, गौरीधारास्थित अरिगानो रेस्टुरेन्ट र बालुवाटारस्थित उएटोरा रेष्टुरेन्टमाट गोप्य भेटघाट भन्दै राज्य र संगठनका गोप्य जानकारी चुहावट गर्दै आएको स्रोतले बतायो ।


यसैगरी आफूलाई चिनियाँ र अमेरीकन जासुसी साथै सुरक्षावीद् मान्ने नुवाकोट स्थायी घर भएका नारायण अधिकारी समेतले केसीलाई साथ दिएको पाइएको छ । उनी मार्फत नै विभिन्न विदेशी एजेन्ट तथा जासुस एआइजी केसीले भेट्ने गरेका छन् ।


यसैगरी केसीले आफूलाई चिनियाँ र अमेरिकन जासुसी भन्दै चिनाउँदै आएका नुवाकोटका अधिकारीको समेत साथ रहेको पाइएको छ । उनी मार्फत नै केसीले बिदेशी जासुसीलाई भेट्दै आएका छन् । अधिकारीसँग एआइजी केसीले गौरीधारामा रहेको अरोगानो रेस्टुरेन्टमा रातिराती भेट्ने गरेका छन् । त्यस्ता तस्विर समेत फेला परेको छ ।


यस विषयमा प्रतिक्रिया लिनका लागि केसीको मोबाइल नम्बरमा पटक पटक सम्पर्क गर्दा पनि उनको मोबाइलमा फोन भने लागेन ।

Trending News