धादिङ, गुल्मी बाँकेसहित विभिन्न जिल्लामा फैलियो कोरोना, एकैदिन ५३ जना संक्रमित, ३ सय ५७ पुग्यो !

दियोपोस्ट संवाददाता

काठमाडौं, ५ जेठ । सोमबार एकैसाथ ५३ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ । यो सँगै कुल संक्रमित संख्या ३ सय ५७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बाँकेमा मात्र ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । र, संक्रमितहरु मध्ये ४६ जना पुरुष र एक महिला छन् ।

त्यस्तै गुल्मी, मोरङ, धनुषा, रौतहट, दाङ र धादिङमा एकएक जना गरी ६ जनामा पनि सोमबार नै कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरु १८ देखि ३६ वर्ष उमेर समूहका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

सम्बन्धित खबर