काठमाडौं, ७ जेठ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल मालिक रहेको आइएमइ समुहले कर्मचारीलाई बेतलबी बर्खास्त गर्न थालेको छ ।
आइएमइ समुहको भगिनि कम्पनि आइएमई मोटरमा रहेका कर्मचारीलाई यहि जेष्ठ एक गतेदेखि बेतलबी बिदामा बस्न सर्कुलर जारी गरेको हो ।
गत मे १३ मा जारी गरिएको सर्कुलरमा अनुसार कोरोना भाइरस कोभिड १९ को संभावित महामारी रोक्न सरकारले गरेको लकडाउनका कारण व्यापार घाटा व्यहोर्नु परेकाले कर्मचारीलाई बेतलबी बिदामा बस्न दबाव दिनु परेको उल्लेख छ ।
आइएमई मोटरले अशोक लेल्यान्ड नामक गाडी उत्पादन तथा विक्री गर्दै आएको छ ।
ढकाल नेतृत्वको आइएमई समुहले चन्द्रागिरीमा कौडीको भाउमा राष्ट्रिय बन हत्याएर चन्द्रागिरी हिल्स नामक केवलकार कम्पनि सञ्चालन गर्दै आएको छ । त्यस्तै विमानस्थलमा रहेको ग्लोबल आइएमई बैंकले पनि नागरिक उडयन प्राधिकरणलाई ५० लाख भन्दा बढी भाडा नतिरेको पाइएको छ ।
आइएमई समुहले अधिकांश सहायक कम्पनिमा कार्यरत कर्मचारीलाई बेतलबी बिदामा बस्न सर्कुलर जारी गरेको छ ।
आइएमई मोटरमा कार्यरत एक कर्मचारीले रोजगारी सम्झौता विपरित आइएमई समुहले यस्तो सर्कुलर जारी गरेको हो ।
‘हामी नाजुक अवस्थामा छौँ । न काम गरेको ठाउँबाट तलब आउँछ । जीन्दगीभर दुख गरेको कम्पनिले यस्तो सर्कुर गरेको छ बाँकी जीन्दगी कसरी विताउने हो ठेगान नहुने भो,’ ती कर्मचारीले भने,‘सरकारले हामीमाथि भएको अन्यायमा पनि हेरबिचार गरिदिओस् ।’