कोरोना परिक्षण शुल्क १५ हजार रुपैयाँ हल्ला मात्रै, स्वास्थ्य मन्त्रीका प्रेस सल्लाहाकार भन्छन्,‘निर्णय भएकै छैन’

कोरोना परिक्षण शुल्क १५ हजार रुपैयाँ हल्ला मात्रै, स्वास्थ्य मन्त्रीका प्रेस सल्लाहाकार भन्छन्,‘निर्णय भएकै छैन’

काठमाडौं, ७ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड) १९ परिक्षणका लागि नीजि अस्पतालले १५ हजार रुपैयाँ शुल्क लिने गरी खुला गरेको विषयमा सामाजिक सञ्जालमा चर्को विरोध छ ।


लकडाउनका कारण घरमै थुनिएर बसेका सर्वसाधरणले १५ हजार रुपैयाँ तिरेर कोरोना परिक्षण गर्नुपर्ने भएपछि सर्वसाधरणको आक्रोश समाजिक सञ्जालमा देखिनु अनौठो होइन ।

कोरोना परिक्षणको लागि नीजि क्षेत्रलाई खुला गरेपछि सरकारी अस्पतालले सेटिङकै आधारमा नीजि अस्पतालमा परिक्षण गराउनेहरुलाई पुर्याउने आशंका समेत सामाजिक सञ्जालमा गरिएको छ ।


तर, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका प्रेस संयोजक माधव प्रसाद तिवारी भने कोरोना परिक्षणको शुल्क १५ हजार रुपैयाँ लाग्ने भनेर स्वास्थ्य मन्त्रालयले निर्णय नगरेको दाबी गर्छन् । उनले कोरोना परिक्षणका लागि नीजि अस्पताललाई पनि अनुमति दिने विषयमा सैद्धान्तिक निर्णय मात्रै भएको र शुल्क १५ हजार तोक्ने विषयमा कुनै निर्णय नै नभएको बताए ।

Trending News