एक्सपर्ट एजुकेशनबाट अष्ट्रेलिया पुगेका विपिन कार्कीको विचल्ली, तनावपछि अस्पताल भर्ना !

एक्सपर्ट एजुकेशनबाट अष्ट्रेलिया पुगेका विपिन कार्कीको विचल्ली, तनावपछि अस्पताल भर्ना !

दियोपोष्ट संवाददाता

काठमाडौं, ९ जेठ । अष्ट्रेलिया स्थित ब्रिजवेनमा रहेर सामाजिक कार्य गर्दै आएका विपिन कार्कीले आफूलाई एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसले बिचल्ली बनाएको बताएका छन् ।


१० वर्ष अघि अष्ट्रेलिया छिरेका कार्कीले सामाजिक सञ्जाल फेसबुक लाइभ मार्फत एक्सपर्टमाथि गम्भिर आरोप लगाएका हुन् ।

नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कालाई विज्ञापन खेलाएर आफ्नो मार्केटिङ गर्दै आएको एक्सपर्टले विपिनलाई बिचल्ली बनाएको पाइएको छ ।


साढे ५ मिनेटको उक्त लाइभ भिडियोमा उनले एक्सपर्ट विरुद्ध आफुलाई कानुनले तोकेको भन्दा कम पारिश्रमिक दिएको र आफ्नो स्पोन्सरसिप भिषामा लापरबाही गरेको आरोप लगाएका छन् ।

एक्सपर्टकै कारण आफू मानसिक तनाव झेल्नु परेको र नेपाल फर्कने अवस्थामा रहेको उनले बताएका छन् ।


३ सय जना विद्यार्थी अष्ट्रेलिया लैजाँदा ३० लाख डलर एक्सपर्टले लिएको समेत उनले भिडियोमा बताएका छन् ।

सबै कमिसन समेत एक्सपर्टले समेत खाएको उनले बताएका छन् । एक्सपर्टमा जागिर गर्दा ऋणको रुपमा लिएको ४० हजार लिएको र त्यो पैसा नतिर्ने उनले बताएका छन् ।

भिडियोमा उनले आफूलाई एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसका सञ्चालक तथा अष्ट्रेलिया स्थित ब्रिजवेन एक्सपर्टका सञ्चालक सागर अर्यालले भिषा नै विगारिदिएको बताएका छन् ।

विपिनले आफूसँग एक्सपर्ट र सागर अर्यालले गरेको कतुर्ततहरुको प्रमाणहरु भएको समेत दाबी गरेका छन् ।

एक्सपर्टले आफूलाई अर्कै कम्पनि मार्फत स्पोन्सर गरेकाले भिषा नलागेको बताए । स्पोन्सरसिप भिषा हाल्न एक्पर्टका सागर अर्यालले एक्पर्टको व्रिजवेन कार्यलयभित्रै आफ्ना लागि ५० हजार डलर खर्च गरेर भोडाफोनको छुट्टै स्टोर समेत खोलिदिएको बताए ।

एक्सपर्टका कारण विपिन अस्पताल भर्ना !


एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसका कारण मानसिक तनाव झेलिरहेका विपिन कार्की अस्पताल भर्ना भएका छन् । उनलाई बिहिवार बिहान चमसाइडको प्रिन्स चाल्स अस्पताल भर्ना गरिएको छ । उनलाई भेट्न एनआरएनए कुइन्सल्याण्डका पदाधिकारी अस्पताल पुगेका छन् ।

एक्सपर्ट भिषा सर्भिस एआइबीटि काण्डमा समेत मुछिएको थियो !

यसअघि अष्ट्रेलिया स्थित एआइबिटी कलेजले नर्सिङ संकाय खारेज गरेपछि त्यहाँ अध्ययन गर्न पुगेका करिब १२ सय विद्यार्थीको विचल्ली भएको थियो । उक्त कलेजमा विचल्ली भएका अधिकांश विद्यार्थी एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसबाट गएका थिए । उनीहरुले आफूहरु विचल्लीमा परेको खबर सार्वजनिक गरेपछि चौतर्फी विरोध भएको थियो ।


को हुन् एक्सपोर्टका सञ्चालक !


एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसका मालिक हुन् सञ्जिव शर्मा । त्यस्तै बद्रि अर्याल भने एक्सपर्टका महाप्रबन्धक हुन् । अष्ट्रेलियाको ब्रिजवेनमा रहेको एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसको रेखदेख भने सागर अर्यालले गर्छन् ।

उनी नेपालबाट अष्ट्रेलिया विद्यार्थी लैजाने माइग्रेसन एजेनट हुन् । यो गिराहले अष्ट्रेलिया विद्यार्थी लैजाँदा नेपालमा नक्कली विवाहको धन्दा समेत चलाउँदै आएको छ ।

यही धन्दाको पैसाबाट नेपालमा मिटरब्याजको कारोबार र जग्गा दलाली गर्दै आएका खेम शर्मा भने एक्सपर्टको नेपाल हेर्न व्यक्ति हुन् ।

Trending News