
काठमाडौं, १० जेठ । थप ३२ जनामा कोरोना भाईरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला, भरतपुरमा नयाँ परिक्षण गर्दा ३२ जनामा कोरोना रिपोर्ट पिसिआर पोजिटिभ आएको हो । योसँगै नेपालमा कोरोना संक्रमित संख्या ५ सय ४८ पुगेको छ ।
अधिकारीका अनुसार कपिलवस्तु जिल्ला बाणगंगा नगरपालिका १७, १९, २२, २९, ३५, ४०, ४२ वर्षका पुरुष र २७ वर्षिय महिलासहित ८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
त्यस्तैगरी सर्लाही जिल्लाको गोडैता, कविलासी नगरपालिकाको १३ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै बाराको करैयामाई गाउँपालिका र काठमाडौंमा एक एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यता रुपन्देहीको गैडहवा र रोहीणी गाउँपालिकामा पनि ८ जनामा कोरोना पुष्टि भएको छ ।
चितवनको भरतपुर नगरपालिका ६ का एक पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।