थप १ सय ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, संक्रमित संख्या १ हजार ४२ पुग्यो

दियो पोस्ट  

काठमाडौं, १५ जेठ । नेपालमा थप १ सय ५६ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले एकै पटक १ सय ५६ जना व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको बताएको हो ।

योसँगै नेपालमा कुल १ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।