लुम्बिनी प्रदेशको झड्काले प्रधानमन्त्री ओली पुगे राष्ट्रपति भेट्न शितल निवासमा !

दियोपोस्ट संवाददाता

काठमाडौं, १९ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओली शितल निवास पुगेका छन्। लुम्बिनी प्रदेशमा नेकपा एमालेकी प्रदेश सांसद बिमला ओली माओवादी प्रवेश गरेपछि एमालेको सरकार बन्ने संभावना टरेको छ । सोही विषयमा छलफल गर्न उनी शितल निवास प्रवेश गरेका हुन् ।

ओलीले आकस्मिक रूपमा आज नेकपा एमालेको स्थायी कमिटी बैठक पनि बालुवाटारमा बोलाएका छन्।

बैठक अघि नै ओली शितल निवास पुगेका हुन् ।

सम्बन्धित खबर