
बुटवल बैशाख १९ गते । लुम्बिनी प्रदेशको मुख्यमन्त्री शंकर पोखरेल पुनः नियुक्त भएका छन् ।
यस अघि प्रदेश प्रमुख धर्मनाथ यादव समक्ष पोखरेलले बहुमत सदस्यको हस्ताक्षर बुझाएको र सोही आधारमा उनलाई नियुक्त गरिएको हो । उनले यसअघि मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए ।
संसदीय दलमा ४१ सदस्य रहेको एमालेले उनलाई नै मुख्यमन्त्री नियुक्त गर्ने निर्णय गरेको भएपनि एक जना सदस्य माओवादीमा लागेपछि पासा पल्टिएको थियो । अल्पमत रहेका उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।
