कोरोना संक्रमित मृतकको शव जलाउने स्थान अभाव : बागमती किनारमै जलाउन थालियो

कोरोना संक्रमित मृतकको शव जलाउने स्थान अभाव : बागमती किनारमै जलाउन थालियो


काठमाडौं, २० बैशाख । नयाँ भेरियन्टको कोरोना भाइरस संक्रमणका कारण नेपालमा पछिल्लो समय मृत्युदर बढ्दो छ । मृत्युदर बढेपछि कोरोनाका कारण मृत्यु भएकाहरुलाई जलाउने स्थान समेत अभाव हुन थालेको छ ।
शव जलाउने स्थान अभावका कारण पशुपती आर्यघाटस्थित बाग्मती किनारमै शव जलाउन थालिएको छ ।

यसअघि आर्यघाटको विद्युतीय शव दाह गृहमा संक्रमितको शव जलाउँदै आएकोमा आइतबार रातिदेखि वाग्मती किनारमा नै शव जलाउन शुरु गरिएको हो ।

विद्युतीय शव दाह गृहले दैनिक भार थेग्न नसकेपछि नदी किनारमा शवको अन्त्येष्टि गर्ने व्यवस्था मिलाइएको शव व्यवस्थापनमा खटिएका एक अधिकारीले बताए ।

विद्युतीय शव दाह गृहमा अत्याधिक चाप हुँदा आफन्तलाई अस्तुसमेत दिन सकिएको थिएन ।

आइतबार नेपालमा कुल ७ हजार १ सय ३७ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म कोरोना संक्रमणका कारण मुलुकमा ३ हजार ३ सय २५ जनाको निधन भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Trending News