धनगढीमा काठमाडौंबाट टिकट लिएर गएका नृप ओडको लज्जास्पद हार, स्वतन्त्र उम्मेदवार हमालले पाए दोब्बर बढी मत

diyopost.com
दियो पोस्ट  आइतबार, जेठ ०८, २०७९ | १०:५९:२६

धनगढी । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन् । नेपाली कांग्रेस भित्रको आन्तरिक विवादका कारण देखिएको असन्तुष्टिको भोट हमालमा खनिएको विश्लेषण छ ।

हमालले निवर्तमान मेयर कांग्रेसका नृपबहादुर ओडलाई झण्डै दोब्बर मत ल्याएर पराजित गरेका हुन् । अघिल्लो निर्वाचनमा हमाल ओडसँग पराजित भएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नि आरजु देउवा राणासँग निकट सम्बन्ध रहेका ओडको पराजयलाई आरजुको पराजयसँग जोडेर हेरिएको छ । उनले टिकट समेत केन्द्रबाटै ल्याएका थिए ।

हमालले कुल खसेको ६३ हजार ७१५ मतमध्ये २६ हजार ८६५ मत ल्याए । निकटतम् प्रतिस्पर्धी ओडले १४ हजार ८१७ मत मात्रै पाए । तेस्रो भएका एमालेका रणबहादुर चन्दले ९ हजार ११५ मत ल्याए ।

२०७४ सालको स्थानीय तहको चुनावमा हमाल कांग्रेसका ओडसँग २७ सय मतान्तरले पराजित भएका थिए । तर यसपटकको चुनावमा कांग्रेसले माओवादी, एकीकृत समाजवादीको साथ पाउँदा पनि ओडले लज्जास्पद हार व्यहोरेका हुन् ।

सम्बन्धित खबर