सामाजिक सञ्जालमा ‘लाल सिंह चड्डा’ बहिष्कार अभियान सुरु

दियो पोस्ट  

मुम्बई । बलिउड अभिनेता आमिर खान र अभिनेत्री करिना कपूरको बहुप्रतिक्षित चलचित्र ‘लाल सिंह चड्डा’ को मे २९ मा सार्वजनिक भयो । तर, ट्रेलर सार्वजनिक भएको २४ घण्टा पनि नपुग्दै ट्विटरमा चलचित्र बहिष्कार अभियान सुरु भएको छ ।
अद्वैत चन्दनको निर्देशन रहेको चलचित्र यस वर्षको सबैभन्दा ठूलो चलचित्रमध्ये एक हुने बताइएको छ । चलचित्र यही वर्षको अगस्ट ११ तारिखमा वर्ल्डवाइड रिलिज हुँदै छ ।

यसो भनिरहँदा यता सामाजिक सञ्जलमा चलचित्र बहिष्कार अभियान सुरु भएको छ । ट्विटरमा ह्यास्ट्याग बोयकट लाल सिंह चड्डा ट्रेन्ड भइरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले विभिन्न कारण देखाएर बहिष्कार गरिरहेका छन् । जसमा नेपोटिजम, राष्ट्रको अपमानलगायत कारण देखाएका छन् ।

हलिउड चलचित्र ‘फोरेस्ट गम्प’ को हिन्दी रिमेक यस चलचित्र हेर्न एकथरि दर्शक आतुर पनि छन् । आमिर खानले हालै ‘द कश्मीर फाइल्स’ लाई लिएर दिएको प्रतिक्रियापछि बाइकट अभियान सुरु भएको हो । उक्त प्रतिक्रियापछि सामाजिक सञ्जालमा उनका पुराना विवादास्पद कुराहरू पनि भाइरल हुन थाले ।