छुट्टाछुट्टै ठाउँबाट जुवातास खेलिरहेको १२ जना अवस्थामा पक्राउ

दियो पोस्ट  

काठमाडौं । छुट्टाछुट्टै ठाउँबाट जुवातस खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन् । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदी बस्ने कृष्ण खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा खड्कासहित ७ जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई नगद ९५ हजार ३ सय ३५ रूपैयाँ र ३ बुक ताससहित फेला पारी शनिबार दिउँसो पक्राउ गरेको हो ।

यसैगरी काठमाडौंकै टोखा नगरपालिका–३ धनेश्वर डेरा गरी बस्ने गोरखा बारपाक सुलिकोट गाउँपालिका–२ घर भएकी २० वर्षीया सबिता घलेको कोठामा जुवातास खेलिरहेको अवस्थामा घलेसहित ५ जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई नगद १ लाख ९० हजार रूपैयाँ र ३ बुक ताससहित शनिबार साँझ पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।