किशोरीलाई यौन धन्दामा लगाउने क्लब प्लाटिनम : मानव बेचविखनमा कसरी दिइयो उन्मुक्ति !

दियोपोस्ट संवाददाता

काठमाडौं । राजधानीको दरबारमार्गस्थित क्लब प्लाटिनममा १८ वर्ष मूनिका बालिकालाई प्रवेश गराइने र उनीहरुलाई यौनधन्दामा लगाइने गरेको पाइएको छ ।

दरबारमार्गस्थित महानगरीय प्रहरी बृत्तको समेत मिलेमतोमा उक्त क्लब भित्र ‘अन्डर एज’ का बालिकालाई प्रवेश गराइने र उनीहरुलाई यौन धन्दामा जबरजस्त लगाइने गरेको तथ्य खुलेको हो ।

यसरी क्लबमा किशोरी प्रवेश गराउने र ग्राहकसँग मिलाएर यौन धन्दामा लगाएको अभियोगमा प्रहरीले एक व्यक्तिलाई केहीदिन अघि पक्राउ गरेर मुद्दा चलाएको छ । नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोले टोखा नगरिपालिका घर भई ललितपुर बस्दै आएका २८ वर्षिय दिपेश केसीलाई पक्राउ गरेको थियो ।

दुई किशोरीलाई लिएर क्लब प्लाटिनम प्रवेश गर्न लागेका बेला उनीहरुलाई ट्याक्सीसहित पक्राउ गरेको हो । गत जेठ ११ गते पक्राउ परेका केसीलाई जिल्ला अदालत काठमाडौंले आज नै धरौटीमा छाडेको छ ।

प्रहरीमा एक किशोरीले दिएको बयान अनुसार १८ वर्ष मूनिका किशोरीहरुलाई क्लब प्रवेश गर्न लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । केसीले बा २ च २८५५ नम्बरको ट्याक्सी भाडामा लिएर किशोरीहरुलाई यौन व्यावसायमा लगाएको प्रहरीको आरोप छ । प्रहरीले पीडित २ किशोरीको बयान र जाहेरीको आधारमा केसीलाई मानब बेचबिखन तथा ओसार पोसार अभियोगमा मुद्दा चलाएको थियो ।

१५ वर्षिय किशोरीका आमाले प्रहरीले दिएको जाहेरी अनुसार पक्राउ परेका केसीले किशोरीहरुलाई प्रति ग्राहक ५ हजार रुपैयाँ कमिशन दिएर यौन धन्दामा लगाउने गरेका आरोप लगाएकी थिइन् । ग्राहकबाट २० देखि २५ हजार रुपैयाँ असुल्ने र किशोरीहरुलाई ५ हजार रुपैयाँ दिएर आफूले १५ हजार देखि २० हजार रुपैयाँसम्म किशोरीहरुबाट असुली गर्ने गरेको आरोप जाहेरवालाको थियो । तर, प्रहरीमा केसीले दिएको बयान अनुसार क्लब प्लाटिनमसँग सम्बन्धित व्यक्तिलाई भने पक्राउ नै नगरी मुद्दा बुझाइएको पाइएको छ ।
प्रहरी र सरकारी वकिलमा केसीले आफूले क्लबबाट निस्किएका व्यक्तिहरुले सम्पर्क गरेपछि किशोरी भेटाइदिने काम मात्रै गरेको बयान दिएका छन् ।

पक्राउ परेका केसीले आफू ट्याक्सी चालक रहेको र दैनिक १ हजार भाडा तिर्ने बहानामा आफूले ट्याक्सी भाडामा लिएको बयान दिएका थिए । ‘रातीको समयमा ट्याकसी चलाई काजिकामनपा वडा नम्बर १ दरबारमार्गस्थित प्यासेन्जरहरुलाई कुरेर बस्ने क्रममा क्लबबाट मादक पदार्थ सेवन गरी निस्केको मानिसहरुले केटीहरु चाहियो भन्ने कुरा गरेपछि मैले आफूसँग चिनजान भएका दिनेश तामाङ, सञ्जिव तामाङ, अशोक तामाङ समेतको मानिसहरुलाई फोन गरी जानकारी गराएपछि निजहरुले आफ्नै प्राइभेट गाडीमा केटीहरु लिएर आउने गर्थे,’ उनले बयानमा भनेका छन्,‘निजहरुले केटीहरु लिएर आएपछि हामीसँग सम्पर्कमा रहेका ग्राहकहरुलाई केटीहरु देखाई ग्राहकहरुले रोजे अनुसारको केटीहरुलाई र ग्राहकलाई ट्याक्सीमा राखी निजहरुले भने अनुसारको स्थानमा लगि दिने गरेको हो । सो बापत ग्राहकहरुसँग मैले नै पैसा लिने र ग्राहकहरुसँग लिएको रकम मध्ये २ हजार देखि ३ हजार रुपैयाँ आफूले राखी बाँकी रकम केटी लिएर आउने मानिसहरुले दिने गरेको थियो ।’

उनको बयान अनुसार क्लबका संचालकहरुले नै किशोरीलाई ल्याउने र यसरी यौन धन्दामा लगाउने गरेका थिए । तर, प्रहरीले भने क्लबका कुनैपनि संचालकलाई अनुसन्धान समेत नगरि मुद्दा बुझाएको पाइएको छ ।

प्लाटिनम कलेजका संचालक सञ्जय तामाङले आफ्ना संचालकले आफ्ना तामाङ दाजु भाईलाई प्रयोग गरेर यो धन्दा चलाइरहेका छन् । तर, उनी हालसम्म पनि प्रहरीको कारबाहीको दायरामा परेका छैनन् । जिल्ला प्रशासन कार्यालयले बनाएको आचार संहिता अनुसार पनि १८ वर्ष नपुगेका बालबालिकालाई क्लब प्रवेश गराउन पाइँदैन । तर, दरबारमार्ग र ठमेल क्षेत्रमा संचालित अधिकांश रात्रिक्लबहरुले बालबालीकालाई क्लब प्रवेश गराउने गरेका छन् ।

क्लब प्लाटिनमले बालबालिकाको तस्विर सामाजिक संजालमै राखेर जिल्ला प्रशासन कार्यालयलाई चुनौती दिइरहेको छ । स्रोतका अनुसार क्लब प्लाटिनमका संचालकहरुले दरबारमार्गस्थित प्रहरी बृत्त हुँदै प्रहरीको रानीपोखरीस्थीत हाकिमहरुलाई समेत कमिशन पुर्याउने गरेका छन् । त्यसैले मानव बेचविखन तथा ओसारपोसार सम्बन्धी यति गम्भिर अपराधको घटनामा समेत प्रहरीले क्लब संचालकलाई अनुसन्धानको दायरामा ल्याउन सकेको छैन ।

सम्बन्धित खबर

सिफारिस