नेपाली तीन खेलाडीले ग्लोबल टी-२० क्यानडा लिग खेल्ने, सन्दीप र दीपेन्द्र एकै टिममा

क्रिकेट

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेपाली तीन खेलाडीले क्यानडाको टी–२० लिग खेल्ने भएका छन्।

नेपालका कप्तान रोहितकुमार पौडेल, अलराउण्डर दीपेन्द्र सिंह ऐरी र बलर सन्दीप लामिछानेले ग्लोबल टी–२० क्यानडा क्रिकेट लिग खेल्ने भएका हुन्।

ऐरी र लामिछाने भ्यानकुभर नाइट्स तथा रोहित टोरोन्टो नेशनल्समा अनुबन्ध भएका छन्।

नेपालका कप्तान रोहित पहिलो पटक विदेशी फ्रेन्चाइज लिगमा छनोट भएका हुन्। सन्दीप र दीपेन्द्रले यसअघि नै क्यानडामा लिग खेलिसकेका छन्।