राजधानीमा वर्षा, गर्मीबाट राहत महसुस

दियोपोस्ट संवाददाता  

काठमाडौँ । करिब दुई साताको अन्तरालमा काठमाडौँ उपत्यकामा वर्षा भएको छ। केही दिन देखि अत्यधिक गर्मी बढीरहेका बेला मंगलबार साँझ वर्षा भएको हो।

मध्य जेठमै मनसुन भित्रिए पनि दुई सातादेखि पानी पर्न सकेको थिएन । पानी परेपछि राजधानीमा गर्मीबाट राहत मिलेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनसम्म नेपालको पहाडी भू–भागमा मौसम बदली रहने छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले स्थानीय वायुको प्रभावले प्रि–मौसम प्रभाबित बनेको बताए ।