बद्रि अर्याललाई शमिभञ्ज्याङ माविको प्रअ बनाउने निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

दियोपोस्ट संवाददाता

धादिङ । धादिङको ज्वालामुखि गाउँपालिका ३ स्थित शमिभञ्ज्याङ माध्यमिक विद्यालयको निमित्त प्राध्यानाध्यापक बद्रि अर्याललाई निमित्त प्रअको भूमिकामा कुनैपनि काम नगर्न उच्च अदालतले आदेश दिएको छ ।

उच्च अदालत पाटनका न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलाशले यस्तो आदेश दिएको हो । गत असार २ गतेको पेशिमा भएको छलफलपछि भण्डारीको ईजलाशले यस्तो अन्तरकालिन अन्तरिम आदेश जारी गरेको हो ।

विद्यालयकै सिनियर शिक्षक हेमराज भट्टले दायर गरेको रिटमा सुनुवाई गर्दै अदालतले आगामी असार ९ गतेलाई छलफलमा झिकाउन समेत दिएको हो । अदालतले २०८२ वैशाख १२ गते विद्यालय व्यवस्थापन समितिले बद्रि अर्याललाई निमित्त प्रअको रुपमा गरेको नियुक्ती सम्बन्धी निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । त्यस्तै अर्याललाई निमित्त प्रअको हैसियतले विद्यालयको प्रशासनिक एवं आर्थिक कामकाज नगर्नु, नगराउनु भन्ने समेत उच्च अदालतको आदेश छ ।

निवेदक भट्टको तर्फबाट नेपाल बार एशोशिसनका पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता शम्भु थापा, रविनारायण खनाल र अधिवक्ता शान्तिदेवी खनालले बहस गरेका थिए ।

अदालतको आदेश विपरित पदमै बहाल छन् अर्याल

उच्च अदालत पाटनले २०८२ असार २ गते यस्तो आदेश जारी गरेपनि विद्यालय प्रशासनको नेतृत्व भने उनै अर्यालले गरिरहेका छन् । उनले शुक्रबार निमित्त प्रअको हैसियतमा बैठक समेत बसाएको खुलेको छ । कुनैपनि नागरिक वा निकायले अदालतको आदेश वा निर्णय पालना नगरे त्यस्तो निकाय र व्यक्ति विरुद्ध अदालतको अवहेलना मुद्दा आकर्षित हुन सक्छ । यस्तोमा तीन महिनाको कैद सजाय हुने मुलुकी अपराध संहितामा व्यवस्था छ ।

ज्वालामुखि गाउँपालिकाले प्रचलित नेपालको शिक्षा ऐन, २०४८, शिक्षा नियमावली २०५९ र शिक्षक सेवा आयोग नियमावली २०५७ सँग बाँझिने गरि अप्रत्यासित नियोजित ढंगले ल्याएको ज्वालामुखि गाउँपालिकाको शिक्षा ऐन, २०७९ प्रति सरोकारवालाहरु जानकार रहेको भन्दै विज्ञप्तिमा बाझिने नियमका कारण नकारात्मक प्रभाव परेको दाबी गरेको छ । मैदीको शमिभञ्ज्याङ्ग माविमा भएको प्रधानाध्यापक नियुक्ती शिक्षा ऐन २०२८ को दफा १२ विपरित गठन भएको विद्यालय व्यवस्थापन समितिले शिक्षक नियमावली २०५९ ९संशोधनसहित०को नियम ९३ विपरित रहेको भन्दै चौतर्फी विरोध भएको थियो ।

सम्बन्धित खबर