शक्तिशाली भुँइचालो देख्ने अर्जुन क्षेत्रीले आफु पक्राउ परेको किन देख्न सकेनन् !

दियोपोस्ट संवाददाता

विष्णु विश्वकर्मा

काठमाडौँ । ‘मैले भोली देखेको छु’, ‘भविष्य कस्तो हुँदैछ त्यो म सजिलै थाहा पाउन सक्छु ।’ आफुलाई ज्योतिष भन्दै चर्को लोकप्रियता बटुल्दै आएका अर्जुन क्षेत्रीले हरेक पटक भन्ने वाक्यांश हो यो । आफुले ज्योतिष विद्यामा अथाह ज्ञान हाँसिल गरेको बताउने अर्जुन क्षेत्री ज्योतिष क्षेत्रमा आफुभन्दा अब्बल व्यक्ति नभएको दावि गर्दै आएका छन् ।

विभिन्न अनलाइन पत्रिका तथा युट्युव च्यानलहरुमार्फत अव यस्तो हुन्छ र उस्तो हुन्छ भन्दै भविष्यवाणी गर्दै आएका अर्जुन क्षेत्रीले धेरै संख्यामा समर्थकहरुको साथ पनि पाएका छन् । नेपालको राजनीतिक परिवेश, ठुला नेताहरुको भविष्य, प्राकृतिक प्रकोप, सामान्य नागरिकको जीवनशैली र उनिहरुको भविष्यको बारेमा निकै ठुला ठुला आँकलन गरेका छन् अर्जुनले ।

अर्जुन क्षेत्रीको भविष्यवाणीले ठुला ठुला हस्तीहरुको समेत निन्द्रा हराम गरिदिएको बताउँछन् । उनि आफुले गरेको भविष्यवाणीमा यति धेरै विश्वस्त हुन्छन् मानौ उनि स्वयंम भविष्य हुन् । आफ्नो भविष्यवाणी गलत निस्किएमा जस्तोसुकै कारवाही समेत स्वीकार रहेको बताउँछन् । नेपालमा पुनः राजा शासन हुनेमा उनि ढुक्क छन् । भिडियोहरुमा वि.स २०८० साल भन्दा अगाडी नै राजा फर्किने भविष्यवाणी गरेका छन् ।

कम्युनिस्ट शासन नेपालमा धेरै समय नटिक्ने र कम्युनिस्ट शासनकै कारण नेपालमा राजसंस्था फर्किने भविष्यवाणी गरेका छन् ।अर्जुन क्षेत्री नेपालमा ठुलाठुला काण्डहरुको समेत भविष्यवाणी गर्न पछि परेका छैनन् । वलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको विषयमा समेत सनसनीपुर्ण भविष्यवाणी गरेका छन् । निर्मला पन्तको अपराधीलाई यो सरकारले पत्ता लगाउन नसक्ने र त्यसैकारणले कम्युनिस्ट सरकार ढलेर राजाको उदय हुने उनको भविष्यवाणी छ ।

यी र यस्ता निकै ठुलाठुला दिनहरु देख्न सक्ने अर्जुन क्षेत्रीले सोमबार आफु पक्रँदै गरेको भने देख्न सकेनन् । अरुको भविष्य देख्नेले आफ्नै भविष्य देख्न भने पछि परेका छन् । आफु पक्रँदै गरेको देखेको भए सायद त्यसबारेमा उनले अवश्य पनि भन्ने नै थिए । लाखौँ समर्थकहरु बटुलेका अर्जुनले आफ्नै पक्राउको बारेमा भविष्यवाणी गर्न सकेका भए अझै लोकप्रिय बन्न सक्थे होलान् ।

महाभुकम्प देख्ने ज्योतिषले आफ्नै गिरफ्तारी देख्न सकेनन् । राजाको उदय भएर शासन चलाएको देख्ने ज्योतिषले आफु जेल बसेको देख्न सकेनेन् । आफुलाई अब्बल ज्योतिष ठान्ने अर्जुनको वास्तविकता के हो भन्ने कुरा जनताले नै मुल्यांकन गर्ला ।

अर्जुनले जेठको १७ गतेदेखि २८ सम्म महाभुकम्प आउने भविष्यवाणी गरेका थिए । उनले भुकम्प नआए आफ्नो परिचय समेत त्याग्ने चुनौती दिएका छन् । यसकिसिमको भविष्यवाणीबाट सर्वसाधरणमा आतंक मच्चिएको भन्दै महानगरिय प्रहरी परिसरले अर्जुनलाई गौशालाबाट पक्राउ गरेको हो । विडम्वना आफु पक्राउ पर्छु भन्ने कुरासमेत अर्जुनको दिमागमा थिएन ।

सम्बन्धित खबर