
काठमाडौं, २४ जेठ । दक्षिण एशियाको ठूलो नाइट क्लबको रुपमा दाबी गर्दै आएको ठमेल स्थित क्लब एलओडीमा क्षमता भन्दा धेरै ग्राहकलाई सहभागी गराउने गरी एक कार्यक्रम आयोजना गर्न लागिएको खुलाशा भएको छ ।
बलिउडकि चर्चित गायीका नेहा कक्कर सहभागी हुने भनिएको उक्त लाईभ सोका लागि भन्दै क्षमताभन्दा बढी टिकट विक्री गरिएको पाइएको हो ।
ठमेलमा रहको एलओडी क्ल्बले १२ सयदेखि १५ सय जना मात्रै क्षमता धान्ने भएता पनि क्लबल २५ सय देखि ३ हजारजनाको टिकट विक्री गरिसकेको बताइएको छ ।
यद्धपी उक्त कार्यक्रममा क्षमताभन्दा बढी टिकट काटिएको विषयमा टिकट हेर्ने रविन श्रेष्ठलाई सम्पर्क गर्दा उनले अस्विकार गरे ।
उनले एलओडीमा १८ सय देखि २ हजार जनासम्म व्यक्ति रहनसक्ने क्षमता रहेको समेत बताए । उक्त लाईभ कार्यक्रम हेर्नका लागि सर्वसाधरणहरुले ५ हजारदेखि ३५ सय रुपैयाँसम्म बुझाएका छन् ।
काठमाडौंका एसएसपीले अगाडी नै बोलाएर झापारे !
काठमाडौं प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले यस विषयमा एलओडीका सञ्चालकलाई कार्यालयमै बोलाएर झपारेको खुलाशा भएको छ । ‘मैले उनीहरुलाई यो विषयमा हिजो नै बोलाएर कुरा गरेको हुँ । यदि ओभर क्राउडेड भयो भने हामीले एक्सन लिन्छौँ भनेर चेतावनी दिएको छु,’ सुवेदीले दियोपोस्टसँग भने,‘२ हजार जनाभन्दा बढी मान्छे राख्दिनँ भनेर उनीहरुले कमिटमेन्ट गरेका छन् ।’