
दियोपोस्ट संवाददाता
काठमाडौं, २५ जेठ । नुवाकोटको बेलकोटगढी नगरपालिकामा कार्यरत सहायक इन्जिनियर बद्री भण्डारी ३५ हजार रुपैयाँ घुस सहित पक्राउ परेका छन् ।
विज्ञापन बापतको कमिसनको लागि सेवाग्राहीसँग घुस माग गरी रहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट खटिएको टोलीले उनलाई घुस सहित पक्राउ गरेको हो । अख्तियारका अनुसार उनले घुस भने लिइसकेका थिए ।
बालाजु स्थित गुराँस रेष्टुरेन्टमा घुसका लागि उनले सेवाग्राहीलाई बोलाएका थिए । अख्तियारले उनलाई सोही रेष्टुरेन्टबाट घुस सहित पक्राउ गरेको जनाएको छ ।