९ रोपनी जग्गा नेपाल प्रहरीलाई ‘उपहार’ दिने निर्णयले आयल निगममा ‘लफडा’ !

९ रोपनी जग्गा नेपाल प्रहरीलाई ‘उपहार’ दिने निर्णयले आयल निगममा ‘लफडा’ !

काठमाडौं, २८ जेठ । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलको मनोमानीका कारण निगम भित्र चरम असन्तुष्टि पैदा भएको खुलाशा भएको छ ।


प्रधानमन्त्री केपी ओली र नेपाल प्रहरीका प्रमुख सर्वेन्द्र खनाललाई रिझाउनका लागि आयल निगमको स्वामित्व रहेको ९ रोपनी जग्गा प्रहरीलाई दिन लागिएको भन्दै निगम भित्र चरम असन्तुष्टि देखिएको छ ।


मन्त्रीपरिषदको वैठकले हाल नेश्नल ट्रेडिङको भवन रहेको आयल निगमको ९ रोपनी जग्गा काठमाडौं प्रहरी परिसर र अपराध महासाखाको नाममा रजिष्ट्रेश पास गर्ने निर्णय गरेको थियो ।
तर नेपाल खाध्य संस्थानको स्वामित्वमा रहेको काठमाडौं महानगरपालिका ११ स्थित कित्ता नम्बर २३९७ को ६२ रोपनी जग्गा मध्ये महानगरीय प्रहरी परिसर काठमाडौंको नाममा १५ रोपनी जग्गा प्रतिआना रु. ५० लाखका दरले रु. १ अर्ब २० करोडमा खरिद गरिएको छ । सो रकम गृहमन्त्रालयको नाममा निकाशा गर्ने मन्त्रिपरिषदको बैठकले निर्णय गरेको थियो । तर आयल निगमका कार्यकारी निर्देशक पौडेलले भने आफूखुसी निगमको जग्गा प्रहरीलाई उपहार दिन लागेको भन्दै निगमका केही कर्मचारीले विरोध नै जनाएका थिए ।


‘यो स्पष्ट पारिएको छैन । मन्त्रिपरिषदको निर्णयले नै यहाँ विवाद श्रृजना गरेको छ । खाध्य संस्थानलाई रु. ५० लाख प्रति आना तिरेर प्रहरीको लागि खरिद गर्ने तर निगमको टेकु स्थित ९ रोपनी जग्ग रजिष्ट्रेशन पास गर्ने मात्रै भनिएको छ,’ निगमका एक उच्च तहका कर्मचारीले भने,‘के सरकारले निगमको जग्गा त्यत्तिकै लिन लागेको हो ? यस्तो निर्णय गर्नुपूर्व निगमसँग किन पूर्व छलफल गरिएन ? यस विषयमा निगम सञ्चालक समिति र तालुकदार मन्त्रालयको भूमिका के हुन्छ ?’


ती कर्मचारीका अनुसार निगमका कार्यकारी अधिकृत पौडेलले प्रधानमन्त्रीलाई रिझाउन निगमको सम्पत्तिमा मनोमानी गरेको आरोप लगाए ।


‘कार्यालयका तत्कालिन सचिव केदार बहादुर अधिकारी तथा हाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव आयल निगमको अध्यक्ष पनि हुनुहुन्छ,’ ती अधिकारीले भने,‘उहाँहरुको खास दोस्ती छ । ९ रोपनी जग्गको अर्बौं रुपैयाँ निगमलाई आउने थियो । उहाँ निगम डुबाउन लाग्नु भएको छ । प्रहरीलाई जग्गा उपहार दिएर रिझाउने काम हुँदैछ । सबै कर्मचारी एकताबद्ध भएर प्रतिवाद गरौँ ।’

Trending News