दाइजोको निहुँमा राजधानीमै महिलाको ‘हत्या’, परिवार भन्छन्, आत्महत्या हो’

दाइजोको निहुँमा राजधानीमै महिलाको ‘हत्या’, परिवार भन्छन्, आत्महत्या हो’

काठमाडौँ, २९ जेठ । राजधाननीमा एक महिलाको रहस्यमयी मृत्यु भएको छ । तर, महिलाका आफन्तले भने दाइजो नल्याएको निहुँमा हत्या गरिएको आरोप लगाएका छन् ।

कैलालीको टिकापुर स्थायी घर भई काठमाडौँको टोखा नगरपालिकामा कुखुरा पालन गर्दै आएका अश्विन कुमार आचार्यले आफ्नी श्रीमती सृजना उपाध्यायको विष खुवाएर हत्या हत्या गरेको आरोप पीडित परिवारको छ ।

आरोपित आचार्यले विवाह गरेको ३ दिनदेखि दाइजोको निहुँमा श्रीमतीलाई यातना दिँदै आएको खुल्न आएको छ । मृतकका मामा ध्रुवराज उपाध्यायले भान्जीको दाइजोकै कारण हत्या भएको जानकारी दिए । उनले दोषीलाई कडा भन्दा कडा कानुनी कारवाही हुनुपर्ने भन्दै क्षती पुर्तीको माग गरेका छन् ।

मृतक सृजना उपाध्यायको शव टोखास्थित ग्राण्डी अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ । उनीहरुको ११ महिनाअघि मागी विवाहा भएको थियो ।

Facebook Comments

Trending News