
काठमाडौं, २८ जेठ । लोक सेवा आयोगले स्थानिय तहका लागि खुलाएको विज्ञापनको विषयमा विवाद भएपछि सर्वोच्च अदालतमा परेको रिटमा कारण देखाउ आदेश जारी भएको छ ।
लोक सेवा आयोगले संविधानको समावेशी सिद्धान्त विपरित विज्ञापन गरेको भन्दै अधिवक्ता विकास ठाकुरले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए ।
सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलाशले १५ दिन भित्र कारण देखाउ आदेश जारी गरेको छ ।
महान्यायधिवक्ता कार्यालय मार्फत १५ दिन भित्र जवाफ पेश गर्न अदालतले आदेश दिएको छ । त्यस्तै विषय संवेदनशिल रहेको भन्दै आगामी असार ३ गते दुवै पक्षलाई छलफलका लागि समेत सर्वोच्च अदालतले बोलाएको छ ।