
काठमाडौं, ३० जेठ । राजधानीको चावहिलमा रहेको ओम अस्पतालको लापरबाहीका कारण एक विरामीको मृत्यु भएको छ । ओम अस्पतालले पित्तथैलीको अपरेशन गर्दाै आन्द्रा काटिएको पीडित परिवारको आरोप छ । पित्तथैलीको अपरेशन गरेको ६ दिनपछि उनको मृत्यु भएको परिवारीक स्रोतको भनाई छ ।
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० घर भएकी ५० वर्षिय रामप्यारी गत शुक्रबार हिँड्दै अस्पताल अएकी थिइन् । अस्पताल आएपछि उनको पित्तमा पथ्थर छ अपरेशन गर्नुपर्छ भन्दै अस्पतालले भर्ना गराएको थियो ।
‘अपरेशन गर्दा आन्द्रा काटिएपछि भित्र नै कुहिएको रहेछ । दुर्घन्धित भएको कुरा समेत आयो,’ पीडित परिवारका हरि भट्टराईले भने,‘अस्पतालको लापरबाहीले नै उहाँको मृत्यु भएको हो ।’
अस्पतालले आज विहान ७ बजे उनलाई मृत घोषणा गरेपछि मृतकका आफन्त आन्दोलित बनेका छन् । उनीहरुले अस्पतालमा घेराबन्दी नै गरेका थिए ।