काठमाडौं, ५ असार । खाध्य प्रविधि तथा गुण नियन्त्रण विभागका बहालवाला महानिर्देशक संजीव कुमार कर्ण सहित १३ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
दास सहितका कर्मचारीले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाबाट दरिद गरिएको चारवाटा प्रयोगशाला मोबाइल भ्यान खरिद गर्दा भ्रष्टाचार गरेको उजुरी परेको थियो ।
कर्णले भ्यान खरीद गरि कार्यालयमा दाखिला नभएको अवस्था हुँदा हुँदै नियम कानुनलाई नै आफू अनुकुल प्रयोग गरी कमिशन खाएको उजुरीमा आरोप थियो ।
उजुरीमाथि अनुसन्धान हुँदा विभाग र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको लागि बोलपत्रको माध्यमबाट चार वटा भ्यान गुणस्तर हिन पाइएको थियो ।
महानिर्देशक संजीव कुमार कर्ण, बरिष्ठ खाद्य अनुसन्धान अधिकृत पूर्णचन्द्र वस्ती, लेखापाल रविता श्रेष्ठ, नायब सुब्बा गुरुदत्त गौतम, शाखा अधिकृत भागिरथ आचार्य, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन इकाई खुमलटारका उपसचिव लेखा० गणेश प्रसाद चालिसे, लेखापाल बालाराम पोख्रेल, तत्कालीन परियोजना निर्देशक नरहरि प्रसाद घिमिरे, बरिष्ठ कृषि इन्जिनियर सरोज अधिकारी, बरिष्ठ योजना अधिकृत तिलकराज चौलागाई, परियोजना निर्देशक लक्ष्मण प्रसाद पौडेल र बरिष्ठ अनुगमन मूल्याङ्कन अधिकृत इन्द्रहरि पौडेल र र Prudent Meditech International का प्रतिनिधि प्रविण कुँवर विरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ ।