उपत्यकामै पत्रकारमाथि सांघातिक आक्रमण, सम्पादक बस्नेत गम्भिर घाइते

उपत्यकामै पत्रकारमाथि सांघातिक आक्रमण, सम्पादक बस्नेत गम्भिर घाइते

काठमाडौँ, असार ५ । देशको राजधानीमै दिनदाहाडै पत्रकारमाथि आक्रमण भएको छ । समाचार संकलन गर्न लोकन्थली पुगेका सल्लेरी खबरका सम्पादक दिनेश बस्नेतमाथि सामुहिक आक्रमण भएको हो ।

बिहीबार एक विषयमा रिपोर्टिङका लागि गएका बस्नेतमाथि त्यहाँका टोले गुण्डासहितको समुहले आक्रमण गरेको हो । आक्रमणमा परि बस्नेत गम्भिर घाइते भएको छ । भान्जा भनिने गाडी चालक, स्थानिय शैलेस श्रेष्ठ, संजय लामा लगायतका दर्जनौँ मानिसहरुले सामुहिक रुपमा बस्नेतमाथि आक्रमण गरेका हुन् ।

उनको ढाड र टाउकोमा धारीलो हतियार प्रयोग गरिएको छ । टाउको र ढाडमा गम्भिर चोट लागेको बस्नेतको लोकन्थलीस्थित समिप अस्पतालमा उपचार भइरहेको छ ।

Trending News