उपराष्ट्रपतिकै पुत्र भन्छन्,‘दोहोरो भिडन्तको नाममा राजनीतिक व्यक्तिको हत्या भयो’

उपराष्ट्रपतिकै पुत्र भन्छन्,‘दोहोरो भिडन्तको नाममा राजनीतिक व्यक्तिको हत्या भयो’

काठमाडौं, ५ असार । प्रहरी र नेकपा विप्लव समूहबीच सर्लाहीमा भएको भनिएको भिडन्तबारे उपराष्ट्रपति नन्द बहादुर पुनका पुत्रले नै आशंका गरेका छन् । उनले सामाजिक सञ्जाल मार्फत सर्लाही घटनालाई ‘दोहोरो भिडन्तको नाममा राजनीतिक व्यक्तिको हत्या’को रुपमा व्याख्या गरेका छन् ।


विहिबार सर्लाहीको लालबन्दीमा भएको भएको प्रहरी कारबाहीमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सर्लाहीका इन्चार्ज कुमार पौडेलको मृत्यु भएको थियो । उनलाई गोली हानी हत्या गरिएको विप्लव समुहका नेताको आरोप छ ।


‘दोहोरो भिडन्तको नाममा एकजना राजनैतिक व्यक्तिको हत्या भएको छ,’ दिपेशले लेखेका छन्,‘राजनैतिक समस्यालाई राजनितीक ढंगबाट समाधान गर सरकार ।’


प्रहरीले यसअघि विप्लव समुहकै कार्यकर्ता तिर्थ घिमिरेलाई गोली हानी हत्या गरेको थियो । प्रहरीको गैरन्यायीक हत्या श्रङ्खला बढेपछि चौतर्फी आलोचना बढ्न थालेको छ ।

Trending News