प्रकाश सपुत विरुद्ध प्रतिलिपि अधिकार रजिष्टार कार्यालयमा शम्भु राईको उजुरी !

प्रकाश सपुत विरुद्ध प्रतिलिपि अधिकार रजिष्टार कार्यालयमा शम्भु राईको उजुरी !

काठमाडौं, ५ असार । गलबन्दी गायक प्रकाश सपुतको ट्रेन्डिङ गीत ‘गलबन्दी’ विरुद्ध उजुरी परेको छ ।


गायक तथा संगीतकार शम्भु राईले नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय कालिकास्थानमा उजुरी दिएका हुन् ।


‘मैले आज उजुरी दिएको हुँ । यस विषयमा आइतबार छलफल हुँदैछ,’ राईले दियोपोस्टसँग भने,‘मैले गीत चोरीको आरोप लगाएको होइन । लय मिलेको हुनाले आफ्नो श्रृजनाको मायाँ गरेको हुँ ।’


प्रतिलिपि अधिकार रजिष्टारको कार्यालयले छलफल गराएपछि सहमति नभए प्रहरीलाई सिफारिस गर्नेछ ।

सम्बन्धित पक्षको छलफल र राय सुझावको आधारमा रजिष्टार कार्यालयले सपुतलाई पक्राउ गर्ने वा नगर्ने निर्णय गरी प्रहरीलाई पठाउनुपर्ने छ ।


राइले आफूले संगीत र स्वर दिएको ‘जोर मादल बजाउँदै घर आगनमा झिलिमिली बनाउँ आफ्नै गाउँमा’ बोलको देउसी भैलोको लय मिलेको दाबी गर्दै आएका छन् ।

यता अर्का गायक प्रकाश सपुतले भने आफूले उक्त गीत सुन्दै नसुनेको दाबी गरेका छन् ।

Trending News