बालुवाटार जग्गाकाण्ड : मिनबहादुर गुरुङका छोरासहित ८६ जनालाई अख्तियारको पत्र, विष्णु पौडेललाई उन्मुक्ति !

दियो पोस्ट  

काठमाडौं, ११ असार । बालुवाटार जग्गा कब्जा तथा अनियमितता काण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८६ जना भूमाफियालाई बयानका लागि बोलाएको छ ।


अख्तियारले बुधबार गोरखा पत्रमा सुचना जारी गरेर नै बयानका लागि बोलाएको हो । उनीहरुलाई ७ दिनभित्र बयान दिन आइपुग्न अख्तियारले अल्टिमेटम दिएको छ ।

बालुवाटार जग्गा काण्डमा सबैभन्दा चर्चित बनेका नेकपाका महासचिव विष्णु पौडेल भाटभटेनीका मालिक मिनबहादुर गुरुङ, शोभाकान्त ढकाल र राम प्रसाद सुवेदीलाई बोलाइएको छैन । अख्तियारले शक्ति आडमा साना माछालाई मात्रै बयानका लागि बोलाएको र ठूला माछालाई उन्मुक्ति दिने तयारी गरेको उच्च स्रोतको दाबी छ ।

तर अख्तियारले भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङका छोरा कल्याण गुरुङ र भूमाफिया शोभाकान्त ढकालकी पत्नि उमा ढकाल्नीलाई बयानका लागि बोलाएको छ ।

अख्तियारको सूचनामा ढकालकी छोरी लक्ष्मी ढकालको नाम राखिएको छ। भाटभटेनीका सञ्चालक गुरुङका छोरा कल्याण गुरुङलाई पनि बयानका लागि बोलाइएको छ।

पूर्वसचिव शारदाप्रसाद त्रितालको जाँचबुझ आयोगले भूमाफिया किटान गरेका ढकाल र सुवेदीका पत्नी क्रमशः उमा ढकाल र माधवी सुवेदीको नाममा जग्गा रहेको जनाइएको छ । त्यस्तै गोयल समूहको डिएफएल प्रालि पनि छानबीनको दायरमा आएको छ ।

TATA ADD