
काठमाडौं, ११ असार । गलबन्दी गायक प्रकाश सपुत र गायक शम्भु राईवीच सहमति भएको छ । उनीहरुबीच ४ बुँदे सहमति भएको हो । 
बुधबार भएको छलफल अनुसार प्रकाश सपुतद्वारा प्रकाशित गलबन्दी गीतको लय शम्बु राईको गीतसँग मिल्न गएकाले गलबन्दीमा ‘क्रियशन शम्भु राई’ राख्ने सहमति भएको छ ।
तर, सपुतको गलबन्धीमा आर्थिक लाभ र प्रतिलिपि अधिकार भने शम्भु राईको नहुने सहमतिमा उल्लेख छ ।
