गल्छी गाउँपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठको कर्तुत : अमेरिका घुम्न सरकारी कागजात दुरुपयोग !

दियो पोस्ट  

धादिङ, १३ असार । धादिङको गल्छी गाउँपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठ स्थानिय क्रसर व्यापारी समेत हुन् । उनै श्रेष्ठले गाउँपालिकामा तिनुपर्ने कर छली गरि रसिद काटेर रकम भुक्तान गरेका छैनन् । अध्यक्ष श्रेष्ठले अमेरिका घुम्न जानकै लागि सरकारी कागजातको दुरुपयोग समेत गरेको भेटिएको छ ।


एकिकृत सम्पत्ती कर बापत १ लाख १३ हजार २ सय ८० रुपैयाँ गाउँपालिकाको आम्दानी रसिद एक के.वि कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि/ कृष्णहरी श्रेष्ठ, गल्छी गाउँपालिका–६ उल्ल्ेख गरि रसिद नम्बर ०००२०३७ बाट ०७६ जेठ ९ गते रसिद काटेर पनि गाउँपालिकालाई भने उक्त रकम बुझाएका छैनन् । उनको यस्तो कार्यले आफ्नो हात जगन्नाथ भन्ने नेपाली उखानलाई चरितार्थ देखाएको छ ।


गाउँपालिका अध्यक्ष आफैँले आफ्नै व्यवसायको नाममा रसिद काटेर राजश्व रकम नतिर्नुलाई कानूनी रुपमा अपराध, आर्थिक रुपमा भ्रष्टाचार र पदिय दुरुपयोग समेत भएकोले कानूनी दायरामा ल्याउनु पर्नेमा नागरिकहरुले आवाज उठाउन थालेका छन् ।


सामान्यतया जब रसिद काटिन्छ त्यतिबेला रकम भुक्तानी गरिने प्रावधान भएपनि आफ्नो पदको दुरुपयोग गरि व्यापारिको हिसावले विदेश

जाने प्रयोजनका लागि कर तिरेको देखाउन अध्यक्ष श्रेष्ठले राजश्व छली गरेको आरोप छ ।
अध्यक्ष श्रेष्ठ असार ४ गते अमेरिका जानु भएको छ जसले गर्दा गाउँपालिको ल्याउनु पर्ने बजेट समेत अध्यक्षको अनुपस्थितिमा आउन सकेको छैन ।


रसिद काटेर रकम नतिरेको सम्बन्धमा गल्छी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत दान बहादुर एडीले रकम जम्मा गर्न अध्यक्षको छोरालाई आग्रह गरिएपनि रकम गाउँपालिकामा प्राप्त नभएको शुक्रबार टेलिफोनबाट बताए ।


आफू विदेश जाँदा आफू व्यवसायी भएकोले नेपालमा कर तिरेको प्रमाण देखाउनका लागि रसिद काटिएको तर रसिद लिने वित्तिकै तिर्नुपर्ने रकम पदको आडमा नतिरेको नागरिकहरुले आरोप लगाएका छन् ।

TATA ADD