प्रधानमन्त्रीको ठाडो प्रस्तावमा नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा राजन पोखरेल नियुक्त !

प्रधानमन्त्रीको ठाडो प्रस्तावमा नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा राजन पोखरेल नियुक्त !

काठमाडौं, १३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो प्रस्तावमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को महानिर्देशकमा राजन पोखरेल नियुक्त भएका छन् ।


केही बेरअघि बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीले क्यानको महानिर्देशकमा पोखरेललाई नियुक्त गर्ने ठाडो प्रस्ताव गरेका थिए ।

मन्त्रीपरिषदको एजेन्डामा यो एजेन्डा नभएपनि ओलीले एकलौटी ढंगबाट उनलाई नियुक्ती गर्न प्रस्ताव गरेका थिए ।


२०४७ सालमा तत्कालिन हवाई विभागको प्राविधिक अधिकृतको रुपमा नियुक्त भएका उनी म्यानेजमेन्टमा स्नातकोत्तर र कानुनमा स्नातक (एलएलबी) हुन् ।

प्राधिकरणको महानिर्देशकका लागि विभिन्न व्यक्तिको प्रतिष्पर्धा रहेको थियो ।

हाल डेपुटि डाइरेक्टर रहेका देवानन्द उपाध्यायलाई महानिर्देशक बनाउनुपर्ने माग समेत प्राधिकरणमा उठेको थियो ।

Trending News