गायीका आनी छोइङ डोल्मा भन्छिन्,‘मलाई झूठो आरोप लगाइयो’ (विज्ञप्तिसहित)

दियो पोस्ट  

काठमाडौं, १५ असार । गायीका आनी छोइङ डोल्माले आफूलाई झूटो आरोप लगाइएको बताएकी छिन् । एक विज्ञप्ति जारी गर्दै आफूमाथि लागेको आरोप पूर्ण झूटो रहेको बताइन् ।
राष्ट्र बैंक स्रोतको हवाला दिएर उनले स्रोत नखुलेको करिब १८ करोड सम्पत्ति नेपाल भित्र्याएको आरोप केही सञ्चार माध्यमले लगाएका थिए ।

‘मेरो समाज सेवाको कार्यमा भएको लगानीको स्रोत नेपाल राष्ट्र बैंक र नेपाल सम्बन्धित विभागबाट मेरो वैधानिक स्रोत पुष्टि हुनेछ,’ उनले विज्ञप्तिमा भनेकी छिन्,‘सञ्चार माध्यमहरुबाट उचालिएको विषय र म उपर लगाइएको झुट्ठा आरोपले मैले सञ्चालन गरी आएको समाज सेवा सम्बन्धी परियोजनाहरु सञ्चालन गर्ने कार्य लगायत मेरो व्यक्तिगत मान प्रतिष्ठामा समेत ठूलो क्षति पुग्न गएको छ ।’


आफूले समाज सेवाको विभिन्न कार्यहरु गरेको र उक्त कार्यहरु गर्न समेत समस्या भइरहेको उनले आफ्नो विज्ञप्तिमा उल्लेख गरेकी छिन् ।


उनको विज्ञप्ति यस्तो छ–