कागज खरिद घोटालामा गोरखापत्रका पूर्वमहाप्रबन्धक विरुद्ध अख्तियारद्वारा मुद्दा दायर !

दियोपोस्ट संवाददाता

काठमाडौं, २३ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोरखापत्र संस्थानका पूर्व महाप्रबन्धकद्धय सुशिल कोइराला र बसन्तप्रकाश उपाध्याय विरुद्ध भष्ट्रचार मुद्धा दर्ता गरेको छ। उनीहरुले जनही २६ लाख रुपैयाँ भन्दा बढी भ्रष्टाचार गरेको भन्दै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

तत्कालिन महाप्रबन्धक कोइराला र पन्तले प्रिन्ट कागज खरिद गर्दा भन्सार छुटको लागि सिफारिस गरी रकम हिनामिना गरेको आरोप लागेको छ। गोरखापत्र संस्थान र प्रिन्टसेल इमेजिङबीच न्यूज प्रिन्ट कागज खरिदसम्बन्धी सम्झौतामा भन्सार महशुलबापतको सम्पूर्ण रकम प्रिन्टसेल कम्पनीकै हुने भन्ने स्पष्ट व्यहोराको सम्झौताविपरीत कोइराला उपाध्यायले आफ्नो कार्यकालमा मिलेमतोमा सम्झौताको शर्तविपरीत भन्सार छुट गराई २६ लाख १६ हजार १० रुपैयाँ प्रिन्टसेल इमेजिङलाई फाइदा पुर्‍याएको आरोप लागेको छ।


यस्तै उक्त प्रकृयामा सहभागी भएका गोरखापत्र संस्थानका तत्कालीन अर्थ निर्देशक राम सुन्दर चौधरी र कागज आपूर्तिकर्ता प्रिन्टसेल इमेजिङ प्रालीका संचालक दिपक कुमार भंसालीविरुद्ध पनि जनहीँ २६ लाख १६ हजार १० रुपैयाँ विगो दावी गरि मुद्धा दर्ता भएको छ।

सम्बन्धित खबर

सिफारिस