अस्पतालले कामबाट निकालेपछि आफ्नै शरीरमा आगो लगाएका मजदुरको मृत्यु !

दियोपोस्ट संवाददाता

काठमाडौं, २६ जेठ । कोरोना महामारी र लकडाउनबीच बयालपाटा अस्पतालले जबरजस्ती कामबाट निकालेपछि पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका सिदार्थ आउजीको मृत्यु भएको छ ।
सोमबार विहान उनले आफ्नै शरिरमा आगो लगाएका थिए । अस्पतालगेटमै आगो लगाएपछि उनलाई थप उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज पठाइएको थियो ।
अस्पताल पुगेको आधा घण्टामै उनको निधन भएको जनाइएको छ । एक वर्षअघि देखि नै खाडी मुलुक जाने तयारीमा रहेका उनी तर नमिलेपछि घर नजिकै रहेको बयालपाटा अस्पतालमा चर्पी सरसफाई गर्ने काम गर्थे ।

अस्पतालले ३२ जना कर्मचारीलाई निकालेको थियो । अस्पतालले हटाएपछि नै उनी मानसिक तनावमा रहेको बताइएको छ । उनी अस्पतालले काम दिन्छकी भनेर अस्पतालसम्म जाने गरेको समेत जनाइएको छ । यसैबीच नेकपा निकट मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले विज्ञप्ति निकाल्दै घटनाको विरोध गरेको छ ।

सम्बन्धित खबर

सिफारिस