माइतिघरमा सरकार विरुद्ध अमेरिकन नागरिक समेत प्रदर्शनमा आएको खुलाशा, ५ विदेशी नागरिक पक्राउ !

दियोपोस्ट संवाददाता

काठमाडौँ, ३१ जेठ – सरकारविरुद्ध काठमाडौँमा भइरहेको प्रदर्शनमा सहभागी पाँचजना विदेशीसहित आठजना पक्राउ परेका छन् । विदेशी नागरिक पक्राउ परेपछि आन्दोलनमा विदेशी घुषपैठ भएको प्रहरीको निष्कर्ष छ ।

प्लेकार्डसहित प्रदर्शनमा उत्रेका चिनियाँ, अमेरिकी, अष्ट्रेलियन, क्यानडियन र नर्वेजियन गरी ५ जना विदेशी नागरिक पक्राउ परेका हुन् । पक्राउपर्नेमा ३ जना भने नेपाली नागरिक छन् । कोरोना महामारीका बीच लकडाउन उलंघन गरेर सडकमा हुलहुज्जत गरे पक्राउ गर्ने गृहमन्त्रालयले चेतावनी दिएको थियो ।

सम्बन्धित खबर

सिफारिस