मन्त्रीपरिषदको विवादास्पद निर्णय : नीजि कलेजका मालिकलाई सिटिइभिटिको उपाध्यक्ष नियुक्ती !

दियोपोस्ट संवाददाता

काठमाडौं, ५ असार । अर्थमन्त्री युवराज खतिवडाले बजेट मार्फत सार्वजनिक विद्यालय सुधारको जिम्मा निजि विद्यालयलाई दिने योजना सार्वजनिक गर्दा चौतर्फी आलोचना भएको थियो । हो सरकारले आफूले गर्नुपर्ने दायीत्वबाट भागेर सरकारी संयन्त्र नै नीजि शैक्षिक माफियाको जिम्मा लगाउन थालेको पाइएको छ ।


गत असार २ गते बसेको मन्त्रिपरिषद बैठकले एक निजि प्राविधिक विद्यालयका मालिकलाई भक्तपुरमा कार्यालय रहेको प्राविधिक शिक्षा तथा व्यावसायीक तालीम परिषद् सिटिइभिटीको उपाध्यक्षमा नियुक्त गरेको छ । झापा घर भएका खगेन्द्र प्रसाद अधिकारीलाई मन्त्रिपरिषदले सिटिइभिटीको उपाध्यक्ष नियुक्त गरेको हो ।


राजधानीमा रहेको बिनायक कलेज अफ हेल्थ साइन्स नामक निजि कलेजका मालिकलाई सरकारले सिटिइभिटि जस्तो सरकारी निकायको जिम्मा दिएको हो । यस्ता कलेजहरुले सिटिइभिटिबाटै सम्बन्धन पाउने गरेका छन् ।

झापा घर भएका अधिकारी प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिन्छन् । त्यसो त शिक्षण अस्पतालमा जुनियर पदमा जागिर खाएर ग्राण्डी अस्पतालमा समेत कार्यरत प्रधानमन्त्री ओलीकी नीजि चिकित्सक डा. दिब्यासिंह शाहलाई समेत मन्त्रिपरिषदले आइओएमको डिन नियुक्त गरेको छ ।

सम्बन्धित खबर

सिफारिस