गजुरी गाउँपालिका ३ का वडाध्यक्षले आफ्नै घरछेउमा वडा कार्यालय भवन निर्माण गरेपछि..

दियो पोस्ट  

धादिङ, ८ असार । धादिङको गजुरी गाँउपालिकामा वडाअध्यक्ष ऋषीलाल श्रेष्ठले आफ्नै घरछेउमा वडा कार्यालय भवन निर्माण सुरु गरेपछि बिवाद सिर्जना भएको छ ।


स्थानिय तह निर्वाचन सम्पन्न पस्चात् अस्थाई रुपमा वडाध्यक्षकै घरमा कार्यलय संचालन गरेको र पछिल्लो समय वडाध्यक्षकै घर छेवैमा भवन निर्माण कार्य सुरु गरेपछि बिवाद सिर्जना भएको स्थानियले बतायका छन् ।


वडा नं. ३ को सेन्टर पारेर कार्यालय भवन निर्माण गर्न गाँउपालिका र वडा संग समन्वय गरिरहँदा जवरजस्ती रुपमा वडध्यक्षकै घरछेउमा भवन निर्माण कार्य सुरु गरेपछि स्थानियहरुले काममा समेत अवरोध गर्दै आएका छन् । अपायक स्थान र कच्चा जमिन भएको स्थानमा वडा भवन निर्माण भयको भन्दै वडा कार्यालय स्थानान्तरणको माग गर्दै स्थानियहरुले आन्दोलन समेत गरेका छन् ।


वडा भवन जान ब्यक्तिको आँगनको प्रयोग गर्नुपर्ने तथा वैकाल्पिक बाटो नभएको, भवन निर्माण स्थल कच्चा भएको, भवन निर्माण स्थल नजिकै रहेको महेन्द्रोदय माध्यमिक बिद्यालयलाई समेत जोखिम सिर्जना गरेको र ८ मिटर चौडा सडकको संरचना भित्रै वडा कार्यालय भवन निर्माण गरेको भन्दै स्थानियहरुले चर्को दवाव दिँदै आएका छन् ।


वडा कार्यालय भवन निर्माण गर्न बलियो स्थानमा निःशुल्क दिइएको जमिनमा निर्माण गर्न बिगत देखि नै दबाव दिइरहेकोमा वडाध्यक्ष ऋषीलाल श्रेष्ठले स्थानियहरुसंग सहकार्य नै नगरी आफ्नै घरछेउमा जबरजस्त रुपमा वडा कार्यालय भवन निर्माण सुरु गरेपछि आफुहरुले त्यसको विरोध गरेको स्थानिय चन्द्र बहादुर विकले बताय ।

स्थानिय विकका अनुसार वडा कार्यालय भवनको कामले पछिल्लो समय उनको तिब्र आलोचना हुन थालेको छ । वडा कार्यलय भवन सिंगो वडाको माझमा निर्माण गनुपर्नेमा वडाध्यक्ष श्रेष्ठले मनोमानी ढंगले आफ्नो घर छेउमा निर्माण गरेको उनको भनाई छ ।


त्यस्तै भवन निर्माण प्रयोजनका लागि बलियो स्थानमा निःशुल्क दिईएको जमिनमा भवन बनाउने काम थाल्न दवाव स्वरुप आन्दोलन गर्नुपरेको स्थानिय अगुवा गोकर्ण श्रेष्ठले बताए ।


“भवन निर्माणका लागि कम्तिमा ३ रोपनी क्षेत्रफल भएको जग्गा चाहिने भनी गाँउपालिकाले निर्णय गरेपनी हाल १ रोपनी भन्दा कम क्षेत्रफल जग्गामा वडा कार्यालय निर्माण भएको छ । त्यो पनी वडा कार्यालय भवन निर्माणकै कारण बिद्यालयको भवन र खेलमैदान समेत जोखिममा परेको छ । त्यस्तै हाल वडा कार्यालय निर्माण स्थलसंगै ४ मिटर फराकिलो सडक छ र गाँउपालिकाले उक्त सडकलाई ८ मिटर चौडा बनाउँदै आयको छ, अव ८ मिटर चौडा सडक बनाउँदा वडा कार्यालय समेत भत्किने अवस्था छ । त्यस्तो अवस्था आउन नदिन आफुहरुले भवन निर्माण अगावै गाँउपालिका अध्यक्ष उपाध्यक्ष तथा वडाका सवै जनप्रतीनिधीसामु जानकारी गराँउदा समेत हाम्रो माग सुनुवाई भएन,” स्थानिय अगुवा गोकर्ण श्रेष्ठले भने ।


त्यस्तै नेकपा गजुरी गाँउपालिका वडा नं.३ का अध्यक्ष समेत रहेका नारायण सुवेदीले पनि स्थानियको मर्म र भावना विपरित गाँउपालिकाले काम गरेको बताए । सुवेदिले २०७५ सालमै गाँउपालिकाले भवन निर्माण कार्यका लागी वजेट बिनियोजन गरेलगत्तै आफुहरुले भवनको संरचना र निर्माण स्थल बलियो बनाउन तथा हाल निर्माणधिन स्थल अमान्य हुने भन्दै पटक पटक बिरोध गर्दै आएको बताए ।
उनले गाँउपालिकाले भवन निर्माण कार्यका लागी वजेट बिनियोजन गरेलगत्तैदखिको उक्त कार्यको बिरोध गर्दै आएपनी आफुहरुको माग सुनुवाई नै नभएको बताए । गाँउपालिकाले निर्णय गर्दा भवन निर्माणको लागी १ रोपनी पुर्जा सतिको जग्गा समेत गरी ३ रोपनी भन्दा धेरै जमिन हुनुपर्ने मापदण्ड बनाएपनी हाल पुग नपुग १ रोपनी जग्गामा भवन निर्माण गरेको उनको आरोप छ । त्यस्तै वडाध्यक्षले राज्यको सम्पती भिरमा लगेर खेर फाल्ने मेसो गरेको भन्दै उक्त भवन निर्माण तुरुन्त रोक्न समेत आग्रह गरेका छन् । सुवेदिले ब्यतिmको नाममा जग्गा भएको र हालसम्म पनी वडाको नाममा नामसारी नभएको भन्दै त्यसको बिरोध गरे ।

वडाले बिद्यालयको समेत सुरक्षा गर्नुपर्नेमा उल्टै बिद्यालय भवनको सुरक्षामा समेत चुनौती दिएको उनको भनाई छ । हाल वडा कार्यालयको काम कार्य समेत वडा अध्यक्षको घरमै संचालन हँुदै आएको भन्दै अव बन्ने भवनमा समेत वडाध्यक्षकै आगन हँुदै हिड्नुपर्ने बाध्यता हुने र उक्त आगनमा केहि संरचना निर्माण हँुदा बिकल्पको रुपमा हिड्ने बाटो समेत नभएकाले उक्त संरचना हटाउन माग समेत गरेका छन् ।

गाँउपालिकाले बनाएको मापदण्ड समेत वडाले पुरा नगरेको भन्दै सुवेदिले कुनैपनी दृष्टिकोणले भवन निर्माण गर्न उपयुक्त नभयको समेत बताए । बिगतमा भवन निर्माणको सवालमा आमभेला गर्दा समेत अधिकांश वडा बासीले उक्त स्थानमा भवन निर्माण गर्न नहुने भन्दै बिरोध गरेको र उक्त बिषयमा गाँउपालिका अध्यक्ष, उपाध्यक्ष र वडाका जनप्रतीनिधीसामु जानकारी गराउदा गाँउपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतले समेत त्यस स्थानमा भवन नबनाउने प्रतिबद्धता ब्यक्त गरेको र हाल अध्यक्षले समेत आफुहरुलाई धोका दिएको सुवेदिले बताए ।


सुवेदिले कुनैपनी हालतमा उक्त स्थानमा वडा कार्यालय भवन संरचना निर्माण नदिने समेत चेतावनी दिए । साथै उनले यदि जवरजस्त ढंगले भवन निर्माण गरे उक्त संरचनामा अवरोध गर्ने र त्यसको जिम्मेवारी स्वयं वडाअध्यक्ष र गाँउपालिका अध्यक्षले लिनुपर्ने समेत चेतावनी दिए ।
यता गजुरी गाँउपालिका वडा नं. ३ का अध्यक्ष ऋषिलाल श्रेष्ठले भने गत २०७५ साल चैत्रमा भवन निर्माणको सवालमा आमभेला गर्दा २÷४ जनाले मात्र उक्त प्रक्रियाको विरोध गरेको र गाँउपालिकाले निर्णय गरेर ठेक्का प्रक्रिया मार्फत् भवन निर्माण कार्य गरेको बताए ।