सर्लाहीको हरिहरपुर नगरपालिकाका लेखा अधिकृत घुससहित अख्तियारको नियन्त्रणमा !

दियोपोस्ट संवाददाता

सर्लाहीको हरिपुर नगरपालिकामा कार्यरत लेखा अधिकृत भुपेन्द्र कुमार सिंह र लेखापाल रंजित कुमार राय यादव ४ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई घुससहित पक्राउ गरेको हो ।

्विज्ञापन प्रकाशन बापतको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस रिसवत माग गरिरहेको भन्ने सूचना एवम् उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवाससको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुले घुस लिइसकेपछि पक्राउ गरिएको अख्तियारले जनाएको छ । उनीहरुलाई नगरपालिका कार्यालयबाटै पक्राउ गरिएको हो ।

सम्बन्धित खबर

सिफारिस