काठमाडौं सिडिओ कार्यालयअघि सवारी पासको नाममा घुस आतंक, ३ हजारसहित एक पक्राउ !

दियोपोस्ट संवाददाता

काठमाडौं, १० असार । काठमाडौं जिल्ला प्रशासन अगाडी यतिबेला सर्वसाधरणको निकै ठूलो घुँइचो लाग्ने गर्छ । कोरोना भाइरस कोभिड १९को महामारी रोक्न सरकारले लकडाउन घोषणा गरेपछि अत्यावश्यक कामका लागि सर्वसाधरण सवारी पास लिनका लागि लाइन लाग्न पुग्छन् । तर, जिल्ला प्रशासन कै कर्मचारीले सवारी पासको नाममा घुस लिने गरेको पाइएको छ । उनीहरुले काठमाडौंबाट बाहिर जाने ठूला बसलाई समेत घुस रकमका आधारमा रातारात पास दिने गरेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार छापामारी घुस सहित एक लेखापढी व्यावसायीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डौमा लेखापढी ब्यवसाय गर्ने (ढकाल एण्ड सापकोटा सर्भिसेज) खेमराज सापकोटा रहेका छन् । काठमाण्डौबाट धनकुटा जाने प्रयोजनको लागि सवारी पास बनाई दिन्छु भन्दै उनले घस मागिरहेको सुचनाको आधारमा अख्तियारले उनलाई पक्राउ गरेको हो । उनले सेवाग्राहीसँग ३ हजार घुस लिइसकेपछि अख्तियारले पक्राउ गरेको हो ।

सम्बन्धित खबर

सिफारिस