पूर्वप्रेमीले सामाजिक सञ्जालमा तस्विर राखेपछि विहेको अघिल्लो दिन युवतीद्वारा आत्महत्या !

दियोपोस्ट संवाददाता

विराटनगर, १० असार । कुनै अर्को युवकसँग युवतीको विवाह तय भइसकेको हुन्छ । तर, युवतीको पूर्व प्रेमीले आफू र युवकको तस्विर सार्वजनिक गरिदियो भने के होला ? यसरी तस्विर सार्वजनिक गरिदिएकै कारण एक युवतीले आत्महत्या गरेकी छिन् ।


उदयपुरको बेलका नगरपालिका २ की २४ वर्षीया श्वेता पोखरेल आइतबार बेलुका विराटनगरस्थित बस्दै आएको घरमा झुण्डिएको अवस्थामा परेकी छिन् ।

उनको विवाहको लगत जुरको थियो – असार १५ मा । जोडिदै गरेको वैवाहिक सम्बन्धमा उनी उत्साहित पनि थिइन् । तर, पूर्व प्रेमिको बदमासीका कारण उनले ज्यान गुमाउनु परेको छ भने पूर्व प्रेमि भनिने सविन पराजुलीलाई प्रहरीले पक्राउ गरेको छ ।

स्वेताकी बहिनीले प्रहरीमा किटानी जाहेरी दिएकी छिन् । विवाह पूर्व पूर्व प्रेमि सविन पराजुलीले विवाह भाढ्न विभिन्न प्रकारका म्यासेज गर्ने गरेको र मानसिक तनाव दिने गरेको खुलेको छ ।

अनुसन्धानमा खटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरीका अनुसार पूर्वप्रेमी सविनले बाध्य बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताएका छन् ।

सो क्रममा प्रहरीले सुन्दरहरैंचा नगरपालिका मोरङ १० निवासी पराजुलीलाई मंगलबार पक्राउ गरी अुनसन्धान गरिरहेको छ । प्रहरीले सविनलाई पक्राउ गरेर आत्महत्या गर्न बाध्य पारेको भनेर दुरुत्साहन मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ ।


पराजुलीले अनेक तनाव दिने मात्रै होइन दुई जनाबीच खिचेका पुराना तस्विरहरु समेत सार्वजनिक गरिददिएपछि स्वेताले आत्महत्या गरेको खुलेको हो ।

पूर्व प्रेमि भनिने सविनसँग स्वेताले विवाह गर्न चाहेकी थिइन् । तर, प्रेमिले अस्विकार गरेपछि उनको विवाह पारिवारिक सल्लाहमै विराटनगरकै एक युवासँग तय भएको थियो ।


प्रहरीका अनुसार आफ्नो प्रेमिकाका विवाह अरु कसैसँग हुन लागेको थाहा पाएपछि विवाह भाँढ्न यस्ता तस्विर सार्वजनिक गर्ने गरेको खुलेको छ ।

स्वेता र सविनबीच विगत ३ वर्षदेखि प्रेम सम्बन्ध रहेको समेत खुलेको छ । उनीहरु दुवै एकै क्याम्पसमा अध्ययन गर्थे ।


असार १४ गते बिहे गर्ने तयारी गरेर सोमबार फूलमालाको दिन तोकिएको थियो । तर अघिल्लो दिन आइतबार साँझ ६ बजे नै झुण्डिएको अवस्थामा श्वेताको शव फेला परेको थियो ।

सम्बन्धित खबर

सिफारिस